images

एमाले धादिङ बन्दसत्रमा कुटाकुट,जिल्ला अधिवेशन स्थगित

काठमाडौं–नेकपा एमाले धादिङको जिल्ला अधिवशेन स्थगित भएको छ । जिल्ला अविशेनको बन्दसत्रको समयमा कुटाकुट भएपछि जिल्ला अधिवेशन स्थगित गरिएको हो । १९ गते सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत गर्ने नामहरूका बारेमा विवाद भएपछि शनिबारको बन्दसत्रमा कुटाकुट भएको थियो।

कुटाकुट र भिडन्तमा एमाले कार्यकर्ता सन्तोष हात नै भाँच्चिएको छ । बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आइतबार बिहान विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्म अधिवेशन स्थगित भएको जनाएका छन् ।

‘माघ २० गते बन्दसत्रको सुरुवातबाटै अघिल्लो दिनभन्दा बढी असहज, आक्रामक र आतङ्कित परिस्थिति देखापर्‍यो । यही क्रममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएको छ’, अध्यक्ष ढुंगेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष ढुंगेलले जनसंगठनबाट प्रतिनिधित्व गराउँदा जनसंगठन समन्वय सम्बन्धी निर्देशिका २०७८ बमोजिम वर्गीकरण गरी प्रतिनिधिको प्रबन्ध नगरिएको पाइएको पनि बताएका छन् ।

420547130_3591357811082805_4191707227807911345_n