images

बझाङमा बाघको आक्रमणबाट ११ बाख्रा मरे

बझाङ– बझाङमा बाघको आक्रमणबाट ११ बाख्रा मरेका छन् । बाघको आक्रमणबाट थलारा गाउँपालिका वडा नम्बर–२ का वडाध्यक्ष रबेन्द्र खातिका ११ बाख्रा मरेका हुन् ।

वडाध्यक्ष खातिका बाख्रा जङ्गलमा चराउन लिएको अवस्थामा १८ मध्ये ११ वटा वाख्रा बाघले मारेको जनाइएको छ । बाख्रालाई कालापानि बिसौनाको जङ्गलमा चराउन लगिएका थिए । १८ वटा बाख्रामध्ये १ बोका, ६ बाख्रा, २ खसी, २ पाठा गरी जम्मा ११ वटा बाख्रा मारेको र १ वटा घाईते भएको बताइएको छ ।

६ वटा बाख्रा सकुसल रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी एवम् प्रहरी निरिक्षक दिपेश चौधरीले जानकारी दिए ।