images

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते हुने

काठमाडौं– राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आगामी फागुन २९ गते हुने भएको छ । राष्ट्रिय सभा कार्यव्यवस्था समितिले तयार गरेको सम्भावित कार्यतालिकामा उक्त दिन चुनाव हुने उल्लेख छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाको समयावधि सकिएपछि उक्त पद रिक्त हुँदैछ । उक्त ठाउँमा नयाँ अध्यक्ष चयन गर्नुपर्ने भएकाले आगामी फागुन २९ गते निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।