images
images
images

नेपालमा ११ दशमलव ११ प्रतिशत मृत्यु क्यान्सरबाट हुने गरेको तथ्य सार्वजनिक

काठमाडौं– नेपालमा कुल मृत्युको ११ दशमलव ११ प्रतिशत मृत्यु क्यान्सरबाट हुने गरेको तथ्य सार्वजनिक भएको छ । आइतबार विश्व क्यान्सर (अर्बुद) दिवस क्यान्सर दिवसको अवसरमा उक्त तथ्य सार्वजनिक गरिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीका नेपालमा फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरले गर्दा बढी मृत्यु हुने गरेको दाबी गरे । नेपालमा प्रत्येक वर्ष करिव २० हजार जना भन्दा बढी मानिसमा क्यान्सर पहिचान हुने गरेको छ ।

विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत भने क्यान्सर रोग न्युनिकरणका लागि सरकारले कुनै कसर बाँकि नराख्ने बताए । उनले क्यान्सर रोग बिरुद्ध लडने आधार तयार पार्न पनि मातहतका निकायलाई निर्देशन दिए ।

विश्व स्वास्थ्य संगठनका अनुसार क्यान्सर विश्वभर मृत्युको प्रमुख कारणमा एक हो । विश्वको तथ्यांक अनुसार प्रत्येक ६ जनामा एक जनाको मृत्यु क्यान्सरबाट हुने गरेको छ । क्यान्सरको एक तिहाई कारक तत्वहरुमध्ये सुर्तिजन्य पदार्थको प्रयोग, मद्यपान, शारीरिक निष्क्रियता रहेको छ । डब्ल्यूएचओको क्यान्सर शाखा हेर्ने अन्तर्राष्ट्रिय निकाय इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टअनुसार नेपालमा सन् २०५० सम्ममा क्यान्सर रोगीहरुको संख्या ९१ प्रतिशतले बढ्ने अनुमान समेत गरिएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS