images
images
images

एनएसजेएफ–पल्सर स्पोटर्स अवार्ड वर्ष खेलाडी मनोनयन सार्वजनिक

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ–पल्सर स्पोटर्स अवार्डको २० औँ संस्करणका लागि आइतबार पुरुष वर्ष खेलाडी र महिला वर्ष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ ।

एनएसजेएफ–पल्सर स्पोर्टस अवार्डको २०औँ संस्करण माघ २८ गते काठमाडौँमा हुँदैछ । उक्त स्पोर्टस अवार्डका लागि मञ्चले विगतमा चार विधामा उत्कृष्ट पाँच–पाँचजनाको मनोनयन सार्वजनिक गर्दै आएको थियो । यसपटक भने मञ्चले चारै विधामा पहिलो चरणमा आठ–आठजनाको मनोनयन सार्वजनिक गरेको छ ।

यसपटकदेखि नयाँ प्रयोग थालिएको मञ्चले जनाएको छ । वर्षभरी उत्कृष्ट प्रदर्शन गर्ने बढीभन्दा बढी खेलाडीलाई स्पोर्टस अवार्डमा समेट्ने उद्देश्यले यस्तो प्रयोग गरिएको मञ्चको दाबी छ । उत्कृष्ट आठको मनोनयन गरिने चार विधामा वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षक रहेका छन् ।

मनोनयनमा परेका आठजनाबाट उत्कृष्ट तीनको छनोट केही दिनमा पत्रकार सम्मेलनमार्फत गरिने जानकारी पनि मञ्चले दिएको छ । अन्तिम मनोनयन सूचीमा परेका तीनमध्येबाट कार्यक्रमको दिन विजेता चयन गरिने छ । मञ्चले वर्ष पुरुष खेलाडी र वर्ष महिला खेलाडीको उत्कृष्ट आठको मनोनयन आइतबार सार्वजनिक गरेको हो । वर्ष २०७९ सालमा गरेको प्रदर्शनका आधारमा खेलाडीलाई मनोनयनमा पारिएको हो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS