images

कांग्रेसका नेता एवम् पूर्वमन्त्री बुढाथोकीको निधन

काठमाडौं–पूर्वमन्त्री एवम् कांग्रेस केन्द्रीय सदस्य केशव कुमार बुढाथोकीको निधन भएको छ । झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ८ घर भएका बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा निधन भएको नेपाली कांग्रेसले जनाएको छ ।

बुढाथोकी २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा सामान्य प्रशासन मन्त्री बनेका थिए । उनी एक हप्ता अगाडिदेखि निमोनियाको समस्याले ग्रस्त थिए ।

बुढाथोकीका श्रीमती, दुई छोरा र दुई छोरी छन् । दुवै छोरा र एक छोरी अष्ट्रेलियामा छन् । उनको पार्थिव शरीरलाई गृहजिल्ला झापा पुर्याएर कन्काई धाममा अन्त्येष्टि गर्ने तयारी छ । उनको निधन प्रति कांग्रेस सभापति लगायतका नेताहरुले दुख व्यक्त गरेका छन् ।