images
images

६ महिनामा ७ खर्ब ३३ अर्ब २२ करोड रेमिट्यान्स भित्रियो

काठमाडौं–पछिल्लो समय मुलुकमा २५.३ प्रतिशतले रेमिट्यान्स बढेको छ । नेपालमा चालु आव ६ महिनाको अवधीमा ६ महिनामा ७ खर्ब ३३ अर्ब २२ करोड रुपैंयाँ भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २५.३ प्रतिशतले बढेको देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढेको थियो ।

प्रतिवेदनमा भनिएको छ, ‘अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २२.६ प्रतिशतले वृद्धि भई ५ अर्ब ५२ करोड पुगेको छ ।  ‘अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।’

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २ लाख ७ हजार ९ सय ७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४ सय ३५ रहेको छ ।

मूल्यवृद्धि दर ५.२६ प्रतिशत
गत वर्षको यही अवधिमा मूल्यवृद्धि दर ७.२६ प्रतिशत थियो। गत आर्थिक वर्षभरि उच्च रहेको मूल्यवृद्धि दर गत भदौयता घटिरहेको थियो। भदौमा ८.१९ प्रतिशत पुगेको मूल्यवृद्धि मंसीरमा आइपुग्दा ४.९५ प्रतिशतमा ओर्लिएको थियो। पुसमा भने अघिल्लो महीनाका तुलनामा मूल्यवृद्धि दरमा सामान्य बढोत्तरी भएको हो।

औसत उपभोक्ता मूल्यवृद्धि दर मध्यम खालको देखिए पनि खाद्यान्न, मरमसला सहित अधिकांश घरायसी वस्तुको मूल्यमा चर्को वृद्धि देखिएको छ। राष्ट्र ब्यांकका अनुसार पुसमा खाद्यान्नको मूल्य ११.३८ प्रतिशतले बढेको छ। त्यसैगरी, दाल तथा गेडागुडीको मूल्य ११.१४ प्रतिशतले बढेको छ। दूध र अन्डाको मूल्य १०.२९ प्रतिशतले, फलफूलको मूल्य १०.१५ प्रतिशतले, चिनी र चिनीजन्य वस्तुको मूल्य ७.२९ प्रतिशतले बढेको छ।

पुसमा मसलाको मूल्य भने अचाक्ली बढेको छ। अघिल्लो वर्षका तुलनामा मसलाको मूल्य ३५.६ प्रतिशतले बढेको केन्द्रीय ब्यांकले जनाएको छ।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS