images

संसदमा घोच्ने,पेच्ने र क्षणखानी गर्ने भन्दा फरक ढंगले जाऔंः रवी लामिछाने

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् सांसद रवी लामिछानेले संसदलाई वर्षाैदेखिको घोच्ने,पेच्ने र क्षणखानी भन्दा फरक ढंगले लैजानु पर्ने बताए ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद लामिछानेले भने,वर्षाैदेखि संसदलाई घोच्ने,पेच्ने र क्षणखानी गर्नुभन्दा फरक ढंगले जाऔं मेरो प्रताव छ । उनले सत्तारुढ दललाई आत्म समिक्षा गर्नु पर्ने बताउँदै विश्वविद्यालयमा दलका भातृ संगठनका नराख्न सुझाव दिए ।

उनले कांग्रेस सांसद गगन थापा प्रति लक्षित हुँदै सरकारी जग्गाको हिनामिना गर्ने कतै आफ्नै दलका नजिकका छन् कि भन्दै प्रश्न गरे । उनले ल मेकर बन्ने कि मिडियाबाजी गर्ने भन्दै सत्तारुढ दल प्रति व्यङ्ग्य प्रहार गरे । उनले संसदको क्यालेन्डर बनाएर काम गरेको प्रति त्यसको क्रेडिट रास्वपालाई दिनु पर्ने बताए ।