images

अहिले जनताले गणतन्त्र होइन,लुट तन्त्र भन्छन्ः अध्यक्ष लिंङ्देन

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंङ्देनले कसैलाई पनि निषेध गरेर मुलुक अघाडि बढ्न नसक्ने बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राप्रपा अध्यक्ष लिंङ्देनले आक्रोश व्यक्त गर्दै भने,’तपाई चारपाँच वर्षमा मुद्धालाई छिनोफानो नगर्ने ? सांसदलाई फरार सूचीमा राखिदिने ? विकास निर्माणका कामहरु ठप्प छन् ।मन्त्री बन्ने,प्रधानमन्त्री बन्ने ।हाम्रो सार्वजनिक ऐनले बन ऐनले विकासका कामहरु ऋघाडि बढाउन पाएन भन्ने ? कसले बढाउन दिएन ? त्यो ऐन कसले बनाएको हो?’ उनले त्यो ऐनमा आफ्नो स्वार्थ राख्नका लागि केही मान्छेहरुको सुविधाको लागि बनाएको आरोप लगाए ।

उनले भने ‘अब त्यो संशोधन गर्न तपाईंलाई कसले रोकेको छ ? आज हामी बेरोजगारी र भ्रष्टाचारको कुरा गर्छाैं त्यसको जडमा हामीले अवलम्बन गरेको प्रणाली दोषि छ । अब यहि निर्वाचन प्रणाली,यहि नियुक्ती प्रणाली र यहि ऐन निर्माणको हातलले देश कुनै हालतमा अघाडि बढन सक्दैन उनले भनेृ,यो कुरा राप्रपा मात्रै नभएर यस व्यवस्थाका लागि लड्नेहरुले स्वीकार गर्नु भएको छ । अहिले जनताले गणतन्त्र होइन, लुट तन्त्रभन्छन् ।अब देश यहि अवस्थामा रहिराख्न मिल्दैन । अब देश यहि बस्न सक्दैन । अब कसैलाई निषेध गरेर देश अघाडि बढन सक्दैन भन्ने प्रमाणीत भइसक्यो ।’ उनले सबै मिलेर परिवर्तनका लागि अघि बढ्नु पर्नेमा जोड दिए ।