images
images

बेथितिमा चलेको बजेटरी प्रणालीलाई ठिक ठाउँमा ल्याउने प्रयास भइरहेको छः अर्थमन्त्री डा. महत

काठमाडौं–अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले बेथितिमा चलेको बजेटरी प्रणालीलाई आफूले ठिक ठाउँमा ल्याउने प्रयास गरेको बताएका छन् ।

बुधबार इकोनोमिक मिडिया एशोसिएशन नेपाल इमानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री महतले बजेटलाई ठिक ठाउँमा ल्याउन अझै २ वर्ष लाग्ने बताए । विगतमा अनुत्पादक क्षेत्रमा खर्च भएका कारण बजेटरी प्रणाली नै खलबलिएको उनको दाबी छ । उनले स्रोत नै सुनिश्चित नभइकन घोषणा भएका योजना र शिलान्यस भएका परियोजनाका कारण समस्या आएकाले समाधानको पहल गरिरहेको पनि बताए । समग्रमा अहिले देशको अर्थतन्त्र लयमा फर्किरहेको उनको दाबी छ ।

अर्थमन्त्री महतले बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण तिर्नुको विकल्प नरहेको पनि स्पष्ट पारे । केही मानिसहरु निहित स्वार्थ पूर्तिका लागि ऋण तिर्नु पर्दैन भन्दै आन्दोलन गरिरहेको भन्दै उनले यस्तो प्रवृत्तिको पछि नलाग्न आग्रह गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आइपीओ निष्कासनका लागि अनुमति दिन आग्रह गरे ।

अध्यक्ष ढकालले बैंकबाट लिएको ऋण तिर्नै पर्दैन भन्ने हिसावले सन्देश गइरहेकाले आम सर्वसाधारणमा अन्योल सिर्जना गरेको बताए । उनले नेपालमा लगानी गर्ने वतावरण बनाउनका लागि विशेष ध्यान दिन आवश्यक रहेको पनि बताए ।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS