images

जीतपुरसिमरा उपमहानगरपालिका वडाध्यक्ष क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्धा दायर

काठमाडौं-बाराको जीतपुरसिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

घरबाटो सिफारिस गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारको हेटौंडा कार्यालयको टोलीले वडाध्यक्ष क्षेत्रीलाई सेवाग्राहीबाट ५ लाख रुपैयाँ लिइएको अवस्थामा पक्राउ गरेको थियो ।