images
images

क्यानडाविरुद्ध नेपाल ७ रनले विजयी

काठमाडौं–त्रिवि खेलकुद मैदानमा नेपाल क्यानडाबीच भएको एक दिवसीय खेलमा नेपाल विजयी भएको छ । नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको क्यानडाललाई नेपालले ७ रनले विजयी हासिल गरेको हो ।

यो जितसँगै नेपालले तीन खेलको शृंखलामा १–० को अग्रता लिएको छ । टस जितेर पहिले ब्याटिङको निर्णय लिएको घरेलु टोली नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय २४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली क्यानडाले ४७.५ ओभरमा अलआउट हुनुअघि दुई सय १७ रनमात्र बनाउन सफल भएको थियो ।

सन् २०१८ मा आईसीसीबाट एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएयता नेपालले क्यानडासँग खेलेको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हो । शृंखलाको दोस्रो खेल आगामी  शनिबार कीर्तिपुरमै हुने भएको छ ।

 

A complete Nepali News Portal based on news & views
images
SKIP THIS