images

भाषण सुनाउने काम बन्द हुनुपर्छः देउवा

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् ।

शुक्रवार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले लामो भाषण गर्नेहरुप्रति इंगित गर्दै भाषण सुन्ने मानिसहरु खालि भएपनि नेताहरु भाषण गरिरहेको देखिएको बताएका हुन् । सभापति देउवाले उद्घोषकलाई मात्रै भाषण सुनाउने काम बन्द गर्नुपर्ने आशय व्यक्त गरे । उनले व्यंग्य गर्दै नेताहरु आफ्ना कुरा राखेर हिँडिसकेपछि सबै हिँडिसकेपछि बोल्नुको अर्थ नरहने उल्लेख गरेका छन् ।

सभापति देउवाले काठमाडौं देशकै राजधानी भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा धेरै महत्व राख्ने हुँदा सम्मेलनबाट पास गर्ने प्रश्ताव उदाहरणयोग्य बनाउन निर्देशन दिएका छन् ।