images
images
images

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको नाममा छात्रवृत्ति कोष स्थापना

काठमाडौ- पृथ्वीनारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ। सप्तरीको रूपनगरस्थित गैर नाफामुखी क्याम्पसमा आयोजित एक समारोहमा मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख डा राजेश अहिराजले एक लाख एक हजार रूपैयाँ हस्तान्तरण गरेर ‘राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोष’ शुभारम्भ गरेका हुन‍।

रूपनगर क्याम्पसमा अध्ययन गर्ने विपन्न तथा जेहनदार विद्यार्थीहरूलाई उच्च शिक्षामा सघाउने उद्देश्यले आरम्भ गरिएको अक्षय कोष रकममा प्राप्त हुने बैंक व्याजबाट छात्रवृत्ति उपलब्ध गराइने क्याम्पसले जनाएकाे छ ।

 

क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार  गजुरेलले भने,अक्षय कोषलाई १० करोड रूपैयाँको बनाएर यो क्याम्पसमा अध्ययन गर्ने सबै छात्र-छात्रालाई निशुल्क शिक्षा दिने हाम्रो सपना हो ।  कोषको आकार एक करोड रूपैयाँ पुर्‍याउने तत्कालीन लक्ष्य राखिएको छ ।क्याम्पसका अध्यक्ष गिरिराज संग्रौलाले राष्ट्र निर्माता पृथ्वी छात्रवृत्ति कोषमा ५१ हजार रूपैयाँ थप गर्ने घोषणा गरे। अक्षय कोषमा रूपनगर निवासी रामप्रसाद खतिवडाले २१ हजार एक सय ११ रूपैयाँ, प्रमिला खतिवडाले ११ हजार एक सय ११ रूपैयाँ र दुवलक्ष्मी श्रेष्ठले १० हजार रूपैयाँ योगदान गरे।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS