images
images
images

हरेक वर्ष बेरुजु बढ्दै जानु दुःखदः राष्ट्रपति पौडेल

काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले महालेखा परीक्षकको प्रतिवेदनमा हरेक वर्ष बेरुजु बढ्दै जानु दुःखद् भएको भन्दै आर्थिक विचलनलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको ३३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले उक्त कुरा बताएका हुन ।

उनले भने, ‘महालेखा परीक्षकको प्रतिवेदनमा हरेक साल बेरुजु बढ्दै जानु दुःख लाग्दो कुरा हो । हरेक वर्ष महालेखा परीक्षकको प्रतिवेदनमा किटानका साथ सरकारी ढुकुटी र बजेट कार्यक्रमको दुरुपयोग सम्बन्धी विषयहरु प्रकाशित भएका हुन्छन् । यस्ता खालका विचलनलाई समयमा नै नियन्त्रण गर्न राज्य संयन्त्र शतर्क हुनुपर्छ । आयोगले आफ्नो कार्यसम्पादन र भ्रष्टाचारका उपर अनुसन्धान र छानबिन गर्ने क्रममा साना प्रकृतिका कसुरदारका मात्र होइनन् । बरु ठूला प्रकृतिका कसुरदारको पहिचान गर्न र जतिसुकै ठूला व्यक्ति भएपनि उनीहरुलाई कानूनको दायरामा ल्याउन पछि पर्नुहुन्न भन्ने आम नागरिकको मत ध्यानमा राख्न सुझाव दिन्छु ।’

उनले हरेक वर्ष महालेखा परीक्षकको प्रतिवेदनमा किटानका साथ सरकारी ढुकुटी र बजेट कार्यक्रमको दुरुपयोग सम्बन्धी विषयहरु प्रकाशित भएको भन्दै यस्ता विचलनलाई समयमा नै नियन्त्रण गर्न राज्य संयन्त्र शतर्क हुनुपर्ने बताए ।

आयोगले आफ्नो कार्यसम्पादन र भ्रष्टाचार उपर अनुसन्धान र छानबिन गर्ने क्रममा साना प्रकृतिका कसुरदारका मात्र नभइ ठूला प्रकृतिका कसुरदारको पहिचान गर्न र जतिसुकै ठूला व्यक्ति भएपनि कानूनको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । उनले अख्तियारले अनुसन्धान र मुद्दा दायर गर्दा आग्रह, पूर्वाग्रहरहित भएको सन्देश प्रवाह गर्नसक्नुपर्ने पनि बताए ।

मुलुकको नीति, कानून निर्माण, विकास व्यवस्थापन र नागरिकहरुको आधारभुत सेवा प्रवाहमा संलग्न अधिकार प्राप्त अधिकारीहरुलाई प्रचलित नीति र कानून बमोजिम निर्धक्कसाथ विवेकशील निर्णय र कार्य सम्पादन गर्न अनुकुल वातावरणको सिर्जना गर्नुपर्ने चुनौति आयोग तथा सम्बन्धित निकायका सामु देखापरेको बताए ।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS