images
images

एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

काठमाडौं– एसीसी वुमन्स प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । मलेसियामा जारी प्रतियोगितामा आइतबार नेपालले भुटानलाई ८ विकेटले हराएको हो । लगातार दोस्रो जित पछि नेपाल समूह डी को शीर्षस्थानमा उक्लिएको छ ।

यो जितले नेपालको क्वाटरफाइनल यात्रा बलियो बनाएको छ । जितको लागि पाएको ६६ रनको सामान्य लक्ष्य नेपालले ११ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा ग¥यो । नेपालकी ओपनर सीता रानामगर ३२ र रुविना क्षेत्री १७ रनमा नटआउट रहे । ओपनर कविता कुँवर ५ र कप्तान इन्दु बर्मा १ रनमा आउट भए । भुटानकी अन्जु गुरुङ र अन्जली घलेले एक÷एक विकेट लिए ।

त्यसअघि बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६५ रन बनाएको थियो । भुटानकी ओपनर न्गावांग चोडेनले सर्वाधिक २५ रन बनाइन । छिरिङ जान्ग्मोले १६ र डेचन वान्ग्मोले १७ रन बनाइन् ।

बलिङमा कविता कुँवर, इन्दु बर्मा, सीता रानामगर र कविता जोशीले समान एक विकेट लिए । पहिलो खेलमा नेपालले हङकङलाई ८ विकेटले हराएको थियो । नेपालले अन्तिम खेल मंगलबार माल्दिभ्ससँग खेल्नेछ ।

A complete Nepali News Portal based on news & views
images
SKIP THIS