images

एकदिवसीय सिरिजमा नेपालले गर्‍यो क्यानडालाई क्लिनस्वीप

काठमाडौं–नेपालले क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम एकदिवसीय खेल नेपालले तेस्रो खेलमा ९ विकेटको जित निकाल्दै सिरिज क्लिन स्विप गरेको हो ।

क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपाललाई जिताउन भीम सार्की र अनिलकुमार साहले शतकीय पारी खेले ।

अनिल १ सय १२ र भिम १ सय १ रन बनाई अविजित रहे । दुबैको यो पहिलो शतक हो ।  अनिलले १ सय २४ बल खेली १२ चौका र २ छक्का तथा भिमले १ सय २९ बल खेली ११ चौका र १ छक्का प्रहार गरे ।

यी दुईले दोस्रो विकेटमा १ सय ८९ रनको अविजित साझेदारी गरेका थिए, जुन नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा ठुलो साझेदारी हो । यसअघि कुशल भुर्तेल र आसिफ शेखले अक्टोबरमा जिम्बावेविरुद्ध विश्वकप छनोटमा हरारेमा १ सय ७१ रनको साझेदारी गरेका थिए ।

यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभर खेलि ८ विकेट गुमाई २ सय ३२ रन बनाएको थियो ।

यसअघि भएको पहिलो एकदिवसीय खेल नेपालले ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो ।