images
images

एसीसी महिला प्रिमियर कपमा आज नेपालले माल्दिभ्ससँग खेल्द

काठमाडौं– एसीसी महिला प्रिमियर कपमा आज नेपालले माल्दिभ्ससँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार बिहान ११ः १५ बजेदेखि मलेसियाको वाईएसडी ओभलमा हुनेछ । नेपालले यस अघि लगातार दुई खेलमा जित हासिल गरेर प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ भने माल्दिभ्सले यस अघिका दुवै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपालले यसअघि हङकङ र भुटानमाथि ८/८ विकेटको जित हासिल गरेको थियो । त्यस्तै माल्दिभ्स भने भुटानसँग ९४ रनले तथा हङकङसँग १७२ रनले हार बेहोरेको थियो । आजै समुह डी कै भुटान र हङकङले पनि समुह चरणको अन्तिम खेल खेल्दै छन् । यो खेल पछि क्वाटरफाइनलको समीकरण तय हुने छ ।

A complete Nepali News Portal based on news & views
images
SKIP THIS