images
images

पोखराबाट ७ किलो सुन र ६ किलो चाँदी सहित एक जना पक्राउ

काठमाडौं– ७ किलो भन्दा बढी सुन र ६ किलोभन्दा बढी चाँदीसहित पोखराबाट एक जना पक्राउ परेका छन् ।

भारतको पश्चिम बंगाल मेदिनीपुर दासपुर–११ घर भइ पोखरा महानगरपालिका–२ मोहोरिया टोलस्थित जय भैरव ज्वेलर्स संचालन गरी बस्ने ४० वर्षीय सुरजित भौमिक पक्राउ गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। मोहरियाको ज्वलेर्सबाट स्रोत खुलाउन नसकेको सुनका गहना तथा काँचो सुन ७ किलो ७ सय ८१ ग्राम ९९ मिलिग्राम बरामद भएको कास्की प्रहरीले जानकारी दिएको छ।

त्यसैरी चाँदीका गहना ६ किलो र नगद ६२ लाख ८१ हजार रूपैयाँसहित मंगलबार बिहान उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS