images

पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडौ- पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

तिनाउ गाउँपालिका–६, चिदीसमा लु १ ज २३७१ नम्बरको जीप पौने ५ बजेतिर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस सिखरडाँडा जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी हेरम्ब शर्माले जानकारी दिए ।

मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेको उद्धारमा खटिएका दिनेश घिमिरेले जानकारी दिए । घटनास्थलमा प्रहरी र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ । दुर्घटनामा परि १८ जना गम्भीर घाइते भएका छन् । मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।