images
images

माओवादी विधानसभामा नेता जनार्दनको प्रस्ताव, पार्टीको नाम नेकपा समाजवादी राखौं

काठमाडौं–नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव पेश गरेका छन् । माओवादी केन्द्रको विधानसभामा बोल्दै उपमहासचिव शर्माले पार्टीको नाम नेकपा समाजवादी राख्नु पर्ने बताएका हुन् ।

उनलेरुकुम, रोल्पा, कर्णाली, गोर्खाको आँखाले हेर्दा पार्टीको नाम नेकपा समाजवादी नै उपयुक्त भएको दाबी गरेका छन् । उनले सबैभन्दा ठूलो जनसंख्या भएको काठमाडौंमा लगायतका सहरी क्षेत्रमा पार्टी विस्तार गर्न आबस्यक भएकाले उल्लेख गरेका छन् ।

नेता शर्माले ८ बुँदे प्रस्ताव अघि सार्दै सबै तहका कमिटी र पदाधिकारीहरु महाधिवेसन एवं सम्मेलनहरुवाट प्रत्यक्ष निर्वाचीत हुनु पर्नेमा जोड दिएका छन् । उनले आजको विज्ञान प्रविधी र प्रतिस्पर्धा समेतलाई ध्यान दिदैं युवा पुस्तालाई निर्णायक स्थान दिन अर्को तरीकाबाट संभव नभएकाले र व्यापक जनवादमा उभिएको बलियो केन्द्रीकरण गर्न आवस्यक भएकाले जनाएका छन् ।

त्यसैगरि उनले संघ प्रदेश र स्थानिय तहमा निर्वाचित हुने उमेदवार छनौट गर्न संम्बन्धित चुनाव क्षेत्रका संगठीत सदस्यको मतबाट टुङगोलगाई सम्बन्धित तहको पार्टीले अनुमोदन गर्ने व्यवस्था राख्नु पर्नेमा जोड दिए ।

त्यसैगरि उनले प्रदेश पार्टी कमिटीलाई स्कुलिङ संगठन आर्थिक सामाजिक क्षेत्रका कामका साथै आफ्नो तहको निर्वाचन सरकार निर्माण संग सम्बन्धित सबै निर्णय गर्ने अधिकार प्रदान गर्नुपर्ने, प्रदेश अध्यक्ष स्थायी वा पिविमा भोटिङ राइट सहित पदेन सदस्य रहने व्यवस्था गर्नु पर्ने प्रस्ताव अघि सारेका छन् ।

नेता शर्माले स्थानिय तहका पाटीहरुको पनि सोही अनुसार अधिकार र प्रतिनिधित्व गर्ने व्यवस्था राख्नुपर्ने, मोर्चा संगठनले आफ्नो भाषा संस्कृती पहिचानको पक्षमा संघर्ष र रक्षा गर्न पाउने, पार्टीले आत्मनिर्णयको अधिकारको सैद्धान्तिक मान्यतालाई आत्मसाथ गरेर पहिचान लाई स्वीकार गर्नुका साथै पार्टी सदस्यताका लागि नेपाली नागरिकका साथै गैरआवासीय नेपालीले पनि आवेदन दिन पाउने प्रस्ताव अघि सारे ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS