images
images
images

कुवेतले नेपाललाई दियो ७४ रनको लक्ष्य

काठमाडौं– एसीसी महिला प्रिमियर कप अन्तर्गत कुवेतसँगको खेलमा नेपालले ७४ रनको लक्ष्य पाएको छ।

मलेशियामा जारी प्रतियोगितामा बुधबार टस जितेर ब्याटिङ रोजेको कुवेतले नौ विकेटको क्षतिमा ७३ रन बनाएको हो। कुवेतका लागि प्रियदा मुरलीले २९, शान्ति वालासुव्रमन्यम र कादिजा खालिलले १३–१३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

नेपालकी सीता रानामगरले ह्याट्रिक गरेकी छिन्।

सीताले टस जितेर पहिले ब्याटिङ गरेको कुवेतविरुद्ध १३ औं ‌ओभरको तीन बलमा तीन विकेट लिएर ह्याट्रिक गरेकी हुन्। कविता कुँवर र रुविना क्षेत्रले दुई–दुई विकेट लिए। आजको खेल जितेमा नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS