images
images
images

बलात्कारको आरोपमा काठमाडौं जिल्ला अदालतका अधिकृत गजमेर पक्राउ

काठमाडौं–बलात्कारको आरोपमा काठमाडौँ जिल्ला अदालतका एक जना अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेर रहेको प्रहरीले जनाएको छ ।

एक युवतीले गजमेरले आफूलाई बलात्कार गरेको भन्दै जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ । बलात्कारको कसुरमा जाहेरी परेपछि गोपाल गजमेरलाई पक्राउ गरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले जानकारी दिए।

गजमेरविरुद्ध गत माघ २९ गते जिल्ला प्रहरी परिसर ललितपुरमा जबरजस्ती करणीको जाहेरी दर्ता भएको थियो । जाहेरी दर्ता भएलगत्तै गजमेरलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । गजमेर यसअघि उच्च अदालत पाटनमा कार्यरत रहँदा सोही कार्यालयमा करारमा काम गर्ने एक कर्मचारीसँग नजिकिएका थिए । ती युवतीसँग नजिकिएका गजमेरले आफूलाई गत माघ १८ गते करणी गरेको भन्दै जाहेरी परेको प्रहरकिो भनाइ छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS