images

कुवेतलाई ८ विकेटले हराउँदै नेपाली महिला क्रिकेट टोली पुग्यो सेमिफाइनमा

काठमाडौं–मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले कुवेतमाथि ८ विकेटको जित हात हासिल गरेको छ । यो जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

बुधबार पानीले खेल प्रभावित भएसँगै जितक लागि पाएको ५० रनको लक्ष्य नेपालले ६.५ ओभरमा २ विकेट गुमाउँदै जित भेटाएको हो ।

नेपाललाई जिताउन कप्तान इन्दु बर्माले नट आउट २२ रन बनाइन् । सीता राना मगर १७ रनमा आउट भइन् ।

यसअघि टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाएको थियो । तर बीचमा वर्षाले खेल रोकिएपछि नेपालले १२ ओभरमा ५० रन बनाउनु पर्ने लक्ष्य पाएको थियो । जुन नेपालले सहजै भेट्टायो ।

कुवेतलाई ७३ रनमा रोक्ने क्रममा सीता राना मगरले ह्याट्रिक विकेट लिएकी थिइन ।