images
images
images

कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा,५६ पेजको नीति प्रस्ताव पेश गर्ने

काठमाडौंं–नेपाली कांग्रेसको आगामी सात गतेदेखि हुने महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेकोे छ । यहि फागुन ७ देखि १० गतेसम्म हुने बैठकमा उपसभापति पूर्ण बहादुर खड्काले ५६ पेजको नीति प्रस्ताव पेश गर्ने भएका छन् ।

बुधबार  प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सानेपामा आयोजित पत्रकार सम्मेलनमा भने,‘आर्थिक, सामाजिक, धार्मिक, साँस्कृतिक तथा राजनीतिक विषय समेटिएको करिब ५६ पृष्ठको नीति प्रस्ताव महासमितिमा पेश हुनेछ ।,’

यस्तै महासमितिमा छलफलका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि प्रस्ताव पेश गर्नेछन्। महामन्त्री थापाले सांगठानिक र अर्का महामन्त्री शर्माले समसामयिक राजनीतिक परिस्थितिबारे प्रतिवेदन पेश गर्ने तयारी गरेका छन्।

महासमितिमा छलफल गरिने यी तीन प्रस्ताव बिहीबार सानेपामा बस्ने केन्द्रीय समितिले पारित गर्ने भएको छ । कांग्रेसले महासमितिको नारा ‘राजनीतिक स्थायित्वमा, रुपान्तरण र नविनता, स्वतन्त्रता, न्याय र समनता, नेपाली कांग्रेसको प्रतिबद्धता’ तय गरेको उनले बताए ।

महासमिति बैठका लागि कांग्रेसले काठमाडौँको आठ वटा गेट बनाएको छ भने ललितपुरमा ६ र भक्तपुरमा ५ वटा गेट बनाएको छ । काभ्रेमा, धादिङ, नुवाकोटमा र मकवानपुरमा दुई—दुई गेट बनाएको छ ।

 

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS