images

देउवाद्वारा कपिलवस्तु बस दुर्घटनाका घाइतेहरूकाे तत्काल उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कपिलवस्तुमा भएको बस दुर्घटनाका घाइतेहरुको उपचारको प्रबन्ध मिलाउन सरकारसँग माग गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले सामाजिक सञ्जाल ट्विट मार्फत लेखेका छन, महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको यात्रु बाहक बस कपिलवस्तुको शिवराज नगरपालिकाको सुरही पुल नजिकै दुर्घटनामा परेर मृत्यु भएकाहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दछु । घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुको तत्काल उचित उपचार गर्ने प्रवन्ध गर्न सरकारसँग माग गर्दछु।

महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको थियो । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका ३० जनामध्ये नौ जनालाई थप उपचारका लागि बुटवल ‘रिफर’ गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

यी हुन दुर्घटनामा परि ज्यान गुमाएका व्यक्तिहरु

– रौतहट औराही-३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी,
– नेपाली सेना, कालीजङ्ग गण गोरुसिङ्गेमा कार्यरत सल्यानका अर्जुनकुमार योगी,
– भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान,
– भीमदत्त नगरपालिका-१ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी,
– भीमदत्त-४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी,
– भीमदत्त नगरपालिका-१६ कन्चनपुरकी सन्जु थापा,
– भीमदत्त बाह्रकुण्डकी खगेश्वरी खाती,
– कन्चनपुर पुनर्वाससकी विमलादेवी भट्ट,
– भीमदत्त-२ का सुदीप भट्ट र
– भीमदत्त-९ का बिसनदत्त भट्ट ।