images

घरेलु मैदानमै नेपाल नामिवियासँग पराजित

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल र नामिवियाबीच भएको खेलमा नेपाल पराजित भएको छ । नेपालको त्रिवि खेलकुदमैदान कीर्तिपुरमा भएको खेलमा नेपाल पराजित भएको हो ।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले १० वटै विकेट गुमाएर १३३ रनको लक्ष्य दिएको थियो । घरेलु टोलीको ब्याटिङ लाईन फ्लप भएको खेलमा नामिबियाले नेपाललाई ४ विकेटले हराएको हो ।

नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको सामान्य लक्ष्य नामिबियाले ३३ दशमलव १ ओभरमा मात्र ६ विकेट गुमाएर पुरा गर्यो । लक्ष्य सामान्य भएकाले नेपाली बलरले नामिबियालाई खेलमा दबाबमा राख्न सकेनन् ।

जान फ्राइलिन्कले ३४ रन बनाएको इनिङ्समा जान निकोलले ३१ रनको योगदान दिए । माइकल वेन लिन्गनले २३ रन बनाए । जोनाथन स्मिथ १७ रनमा नटआउट रहदाँ निकोलस डाभिनले १५ रन बनाए । अन्य ब्याटरको प्रर्दशन उल्लेख्य रहन भने सकेन ।

नेपालका सोमपाल कामीले सर्वाधिक ३ तथा ललित राजवंशीले २ विकेट हात पारे । रोहित पौडेलले एक विकेट हात पारे ।

कीर्तिपुर मैदानमा सुरुवातमा ब्याटिङ गरेको नेपाल १ सय ३२ रनका अलआउट भएको थियो । भिम सार्कीले ४४ रन बनाएको इनिङ्समा गुलसन झाले २१ रनको पाली खेलेका थिए । करन केसी १६, कुशल मल्ल १५ र पवन सरार्फले १२ रन बनाए ।

सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएको पछि नेपाली टिम दबाबमा आएको थियो । ओपनर कुशल भुर्तेललाई पहिलो बलमै गुमाएको नेपालका आशिफ शेख ४, अनिल साह ८ र रोहित पौडेल १ रनमा आउट भएका थिए । सोमपाल कामी २ रनमा पेविलियन फर्किए ।

नेपाललाई सस्तैमा समेट्न जेहार्ड इरास्मसले ५ विकेट लिए । रुबेन ट्रम्पेलमेन र याक ब्रोसेलले समान २ विकेट हात पार्द जान निकोलले एक विकेट लिए ।