images

३० हजार मेट्रिक टन मल ल्याउन बोलपत्र आव्हान

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ३० हजार मेट्रिक टन मल ल्याउन बोलपत्र आह्वान गरेको छ ।

कर्पोरेसनले युरिया मल खरिदका लागि बोलपत्रदाताहरुलाई आह्वान गरेको हो । बिहीबार प्रकाशित विज्ञापनअनुसार आगामी मार्च ६ सम्म कागजात बुझाउन सकिनेछ । प्राविधिक बोलपत्रका कागजात सोही दिन खोलिनेछ भने त्यसको तीन दिनपछि प्राविधिक रुपमा योग्य बोलपत्रदाताको विवरण सार्वजनिक गरिनेछ ।

आर्थिक बोलपत्र पेस गर्ने मिति आगामी मार्च १५ तारिखलाई तोकिएको छ । कर्पोरेसनका अनुसार सोही दिन आर्थिक बोलपत्र खोलिनेछ । मल खरिदमा इच्छुक खरिदकर्ताले दुईवटा बोलपत्र पेस गर्नुपर्नेछ । आफूले खरिद गरी ल्याउन चाहेको रकम बाहिर खुलाएको पाइए त्यो बोलपत्र स्वतः रद्द हुने कर्पोरेसनले जनाएको छ