images

ललिता निवासको फैसलापछि गृहमन्त्री श्रेष्ठको प्रतिक्रिया,राज्य लुट्ने कार्य विरुद्ध ऐतिहासिक फैसला

काठमाडौं–उप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवासको फैसलापछि खुसी व्यक्त गरेका छन् । गृहमन्त्री श्रेष्ठले राज्य लुट्ने कार्य विरुद्ध ऐतिहासिक फैसला भएको जनाएका छन् ।

शुक्रबार सामाजिक सञ्जाल मार्फत गृहमन्त्री श्रेष्ठले भनेका छन, ‘अन्ततः ललितानिवासको सरकारी जग्गा सरकारको नाममा आयो। सबै नेपाली जनतालाई बधाई छ । जालसाज़ी ,किर्ते ,ठगी र भ्रष्टाचार द्वारा राज्य लुट्ने कार्य र प्रक्रिया बिरुध्द बिशेष अदाल्तले सत्य र न्यायको पक्षमा ऐतिहासिक फैसला गर्यो ।बिशेष अदालत र न्यायाधीशहरु प्रति हार्दिक आभार र धन्यवाद ।’

ललिता निवास प्रकरणमा विशेष अदालतले २ पूर्वसचिवसहित १३१ दोषी ठहर, ३ पूर्वमन्त्री र १ पूर्वसचिवलाई सफाइ दिएको थियो । २०५० देखि हिनामिना गरिएको जग्गा ३० वर्षपछि फेरि सरकारका नाममा ल्याउने गरी विशेष अदालतले फैसला दिएको छ ।