images

संसद्को शिक्षा र कृषि समितिमा पत्रकारलाई निषेध

काठमाडौं– प्रतिनिधि सभा अन्तर्गत रहेको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पत्रकारहरुलाई निषेध गरेको छ । शुक्रबार शिक्षा समितिमा नेपाल विश्वविद्यालयको महत्त्वपूर्ण छलफल हुँदै थियो । उक्त विषयमा रिपोटिङ गर्न गएको पत्रकारहरुलाई समितिको हलमा बस्ने ठाउँ नहुने भन्दै पत्रकारहरुलाई प्रवेश गर्न नदिएको शिक्षाविटका पत्रकारहरुले आरोप लगाएका छन ।

त्यसैगरि कृषि,सहकारी तथा प्राकृतिक स्रोत विकास समितिमा समेत पत्रकारहरुलाई निषेध गरिएको रिपोटिङमा पुगेकी पत्रकार तुलसी सापकोटाले जानकारी दिइन् । कृषि समितिमा खाद्य स्वस्च्छता र गुणस्तर विधेयकको प्रतिवेदनमाथि छलफल गर्ने कार्य सूची रहेको थियो । समितिको बैठक सुरु हुने वित्तिकै पत्रकारहरुलाई पाँच मिनेट भिडियो र फोटो खिच्न दिएर बाहिर पठाइएको छ ।

शिक्षा समितिको सभापति एकिकृत समाजवादीका तर्फबाट भानुभक्त जोशी रहेका छन् भने कृषि समितिको सभापतिमा शेर बहादुर देउवा पत्नी आरजू राणा देउवा रहेकी छिन् । रिपोटिङ गर्न नपाएपछि पत्रकारहरु भने आक्रोशित बनेका छन ।