images

डीडीसीका महाप्रबन्धक झामाथि कार्यकक्षमै कालोमोसो

काठमाडौं–उद्योग विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जीव झामाथि कार्यकक्षमै कालोमोसो दलिएको छ । शुक्रबार क्रान्तिकारी युवा संगठन नेपालले झामाथि कालोमोसो गल्दै दुर्व्यवहार गरेका हुन्।

झालाई डीडीसीमा अनियमितता र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै कालोमोसो दलिएको सो संगठनले जनाएको छ । संगठनका केन्द्रीय सदस्य निरमान तामाङले कार्यालयमे पुगेर कालोमोसो दलिएको बताए । कालोमोसो दल्ने क्रममा हात हालाहालको अवस्था समेत भएको बताइएको छ ।

केही दिनअघि सोही समूहले यातायात व्यवस्था विभागका महानिर्देशकलाई पनि कालोमोसो दलेको थियो । पछिल्लाे समय विभिन्र व्यक्ति समूहहरूले देशका विभिन्र ठाउँहरूमा कानूनीबाटाे भन्दा कालाेमाेसाे लगाउने गरेका छन् ।