images

अध्यधिक चिसोका कारण मंगोलियामा ५ लाख पशुचौपाया मरे

काठमाडौं– अत्याधिक चिसोका कारण मंगोलियामा ५ लाखभन्दा बढी पशुचौपाया मरेका छन् ।

उच्च संख्यामा पशु चौपाया मरेपछि मंगोलियाले विपद् पूर्वतयारीलाई उच्च शतर्कतामा राखेको छ । मंगोलियाका प्रधानमन्त्री लुभ्सन्नम्सराई ओयुन–एर्डेनले पशुपालन क्षेत्रमा परेका कठिनाइ हटाउन र गोठालाहरूलाई चौतर्फी सहयोगका लागि सम्भावित उपायहरू उपनाउन निर्देशन दिएका छन् ।

मंगोलिया संसारको अन्तिम जीवित घुमन्ते देशहरूमध्ये एक हो । घुमन्तेहरुमा पनि यसको ठूलो असर परेको छ । राष्ट्रिय तथ्यांक कार्यालयकाअनुसार २०२३ को अन्त्यमा मंगोलियामा पशुधनको संख्या ६४ दशमलव ७ मिलियन थियो ।