images

एसियाकप खेल्ने नेपाली महिला टोलीको सपना समाप्त

काठमाडौं–नेपाली महिला क्रिकेट टोलीको एसियाकप खेल्ने सपना यस पटक पनि समाप्त भएको छ ।

शुक्रबार भएको सेमिफाइनल खेलमा घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित भएपछि प्रिमियर कपको फाइनल पुग्दै एसियाकप खेल्ने नेपाली टोलीको लक्ष्य पूरा हुन सकेन । जित सँगै मलेसियाले भने एसियाकपमा स्थान पक्का गरेको छ । बायुमास ओभलमा जितका लागि पाएको १ सय १६ रनको लक्ष्य मलेसियाले १ बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा ग¥यो । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएकी एल्सा हन्टरले अर्धशतक प्रहार गर्दै अन्त्यसम्म मलेसियालाई खेलमा कायम राखेकी थिइन् ।

उनले अन्तिम ओभरमा २ चौका प्रहार गर्दै जितसम्म पु¥याइन् । उनले ५३ बलमा ६९ रन जोडिन् । यसक्रममा उनले ६ चौका प्रहार गरेकी थिइन् । अन्तिम ओभरमा जितका लागि ११ रन चाहिएको अवस्थामा पहिलो र तेस्रो बलमा चौका प्रहार गरेकी एल्साले चौथो बलमा २ रन र पाँचौ बलमा १ रन जोड्दै मलेसियाको जित पक्का गरिन् । मलेसियाका लागि मास एलिसाले १३ र मरिया इस्माइलले १६ रन जोडे । वान जुलियाले ८ बलमा ११ रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् ।

नेपालको सीता रानामगर र कविता जोशीले समान २ विकेट लिए । त्यस्तै रुविना क्षेत्री र कविता कुँवरले १ ÷१ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । नेपालकी कप्तान इन्दु बर्माले सर्वाधिक २९ रन बनाइन् । डली भट्टले २५ रनको महत्वपूर्ण इनिङ खेलेकी थिइन् ।

ओपनर सीता रानामगर ६ रनमा आउट भइन् । दोस्रो विकेटका लागि इन्दु र कविताले ३५ रनको साझेदारी गरे । कविता २३ रन बनाएर आउट भइन् भने रुविनाले २० रन बनाइन् । मलेसियाकी महिराह इजाती इस्मालीले २ विकेट लिइन् । मलेसियाले अब उपाधिका लागि आइतबार यूएईसँग खेल्ने छ ।