images
images
images

सन् २०६२ सम्म पनि दिगो विकासका लक्ष्य पूरा नहुने राष्ट्रसंघको चेतावनी

काठमाडौं– संयुक्त राष्ट्र संघले दिगो विकास लक्ष्यहरु एसडीजी प्राप्त गर्नका लागि अहिलेकै लयमा काम भए सन् २०६२ सम्म पनि सम्भव नहुने चेतावनी दिएको छ ।

संयुक्त राष्ट्र संघको प्रतिवेदनले सन् २०३० मा पूरा गर्ने भनेका एसडीजीका लक्ष्य सन् २०१६ बाट अघि बढाएको थियो तर नयाँ प्रतिवेदनमा अहिलेकै गतिमा काम गरे लक्ष्य राखेकोभन्दा ३२ वर्षपछि मात्र लक्ष्य पूरा हुने उल्लेख गरिएको छ ।

राष्ट्र संघले १७ वटा दिगो विकासका लक्ष्यहरूमा एसिया र प्रशान्त क्षेत्रका ५ उपक्षेत्रहरूमा असमान र अपर्याप्त प्रगति भइरहेको प्रतिवेदन सार्वजनिक गरेको हो । एसिया र प्रशान्त क्षेत्रका लागि आर्थिक र सामाजिक आयोग इस्क्यापद्वारा सार्वजनिक गरिएको प्रतिवेदनमा ती क्षेत्रहरुमा गरिबी र असमानताको स्तर निर्धारण गर्न लिङ्ग र स्थान प्रमुख कारण रहेको उल्लेख छ ।

राष्ट्रसंघका उपमहासचिव तथा इस्क्यापका कार्यकारी सचिव अर्मिडा साल्सियाह अलिसजाहबानाले समान रुपमा विशेष परिस्थितिमा मुलुकहरु बीचमा दिगो विकासको प्रगतिमा भिन्नता भएको बताएकी छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS