images

पाँच महिनादेखि तलवभत्ता पाएनन् कालिकोटका तीन विद्यालयका शिक्षकहरुले

काठमाडौं– कालिकोट जिल्लाको सान्नित्रिवेणी गाउँपालिकाको ३ विद्यालयका शिक्षकले ५ महिनादेखि तलब भत्ता पाएका छैनन् । पालिकाले सुचना निकालेर समयमै सामाजिक लेखा परिक्षण प्रतिवेदन बुझाउन सुझाए पनि विद्यालयले अटेरी गरेपछि तलब भत्ता रोक्का गरिएको हो ।

जसकारण यतिबेला पालिकाका पञ्चदेवल, जनज्योती तथा विद्याज्योती माध्यामिक विद्यालयमा तलब भत्ता गाएको छैन्

पञ्चदेवल माविले ३ वर्षदेखिको सामाजिक लेखा परिक्षण प्रतिवेदन नबुझाएको गाउँपालिकाले जनाएको छ ।

सान्नित्रिवेणी गाउँपालिकामा २९ वटा सामुदायिक विद्यालय छन् । २६ वटा विद्यालयले भने आर्थिक वर्ष २०७९/०८० को सार्वजनिक सुनुवाई गरी सामाजिक लेखा परिक्षण प्रतिवेदन बुझाएका छन् ।