images

सिटीइभिटीका उपाध्यक्ष अधिकारीलाई कालोमोसो

काठमाडौं–सिटीइभिटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीमाथि उनकै कार्यकक्षमा दूव्र्यवहार भएको छ । मोहन वैद्य निकट अनेरास्ववियू (क्रान्तिकारी)का नेताहरूले उपाध्यक्ष अधिकारीलाई कालोमोसो दलेका हुन् ।

अधिकारीले उपाध्यक्षको काम, कर्तव्य र अधिकार विपरीत गएर परिषद्लाई हानिनोक्सानी हुने गतिविधि गरेको अनेरास्ववियू (क्रान्तिकारी)ले आरोप लगाएको छ । उनीहरुले सम्बन्धन स्वीकृति तथा नवीकरण, स्थानान्तरण तथा स्तरवृद्धि, छात्रवृत्ति वितरण, कर्मचारीको सरुवा—बढुवा लगायतमा व्यापक अनियमितता, नीतिगत तथा आर्थिक भ्रष्टाचार गरेको उसको आरोप छ ।

अनेरास्ववियूले उपाध्यक्ष अधिकारीको आर्थिक, सांस्कृतिक, सामाजिक र चारित्रिक विषयमा पनि उसले प्रश्न उठाएको छ ।