images

अमेरिकाको टेक्ससमा भूकम्प

काठमाडौं–अमेरिकाको टेक्सस राज्यमा ४.७ म्याग्निच्युडको भूकम्प गएको छ । एबिसीन्यूजका अनुसार शनिबार टेक्ससको सानो शहर नजिकै ४.७ परिमाणको भूकम्प गएको हो ।

टेक्सस राज्यको फल्स सिटीमा शनिबार बिहान सबेरै आएको भूकम्पको महसुस सान एन्टोनियो सहित दर्जनौं माइल टाढा सम्म गरिएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार फल्स शहरबाट करिब २ माईल (३ किलोमिटर) दक्षिणपूर्वमा केन्द्रित रहेको थियो । भूकम्पबाट १२स्३२ बजे सम्म कुनै ठूलो क्षति वा चोटपटकको तत्काल कुनै विवरण आई नपुगेको समाचारमा जनाईएको छ ।

फल्स शहर सिटी जसको जनसंख्या लगभग ५०० रहेको छ। सान एन्टोनियोबाट ४५ माइल (७२ किलोमिटर) दक्षिणपूर्वमा पर्छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणले जनाए अनुसार पछिल्ला दिनमा यस क्षेत्रमा धेरै भूकम्प गएका छन् । विगत तीन हप्तामा यस क्षेत्रमा करिब ३० वटा भूकम्प गएको जनाएको छ । तर अन्य सबै भूकम्पहरु म्याग्निच्युडमा कम रहेको एबिसीन्यूजले समाचारमा उल्लेख गरेको छ ।