images
images
images

प्रजातन्त्रकै दिन पत्रकारमाथि अंकुस, फोटो भिडिओ खिच्न नदिएपछि क्यामेरा डाउन गर्दै विराेध

काठमाडौ–मुलुकमा जहाँनिया राणा शासनको अन्त्य भएको दिनको स्मरणमा आज देशभर प्रजातन्त्र दिवस मनाइएको छ । प्रतातन्त्र स्थापनाका लागि ज्यानको आहुती र बलिदान दिएका सहिदहरुको सालिकमा माल्यापण समेत गरिएको छ ।

तर प्रजातन्त्रकै दिनमा सरकारले भने पत्रकारहरुलाई सुचना संकलन र फोटो भिडियो खिच्न अंकुस लगाएको छ । गृह मन्त्रालयले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा फोटो तथा भिडियो खिच्न नदिएपछि पत्रकारहरूले सैनिक मञ्च, टुँडिखेलको गेट बाहिर क्यामरा डाउन गरेका हुन्।

पत्रकारहरूले सांकेतिक विरोध स्वरूप क्यामरा डाउन गरेका हुन्।

सूचना विभागको कार्ड देखाउँदा पनि भित्र प्रवेश नपाएको त्यहाँ उपस्थित सबै पत्रकारहरूले गुनासो गरेका छन् । लोकतन्त्रमा पत्रकार र आम सञ्चार माध्यमबाट डराउने सरकारले देखावटी रुपमा प्रजातन्त्र दिवस मनाइएको भन्दै पत्रकारहरुले आक्रोश समेत व्यक्त गरेका छन् ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS