images

गाजापट्टीमा हालसम्म २८ हजार ९८५ जना प्यालेस्टाइनीको मृत्यु

काठमाडौं– गाजापट्टीमा प्यालेस्टिनी मृत्यु हुनेको संख्या २८ हजार ९ सय ८५ पुगेको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अक्टोबर ७, २०२३ मा इजरायल–हमास द्वन्द्व शुरु भएपछि तटीय क्षेत्रमा ६८ हजार ८ सय ८३ प्यालेस्टाइनीहरू घाइते भएको जानकारी दिएको छ । इजरायली सेनाले पछिल्लो २४ घण्टामा १२७ प्यालेस्टाइनीको हत्या गरेको र २ सय ५ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।

बमबारी र सिभिल डिफेन्स र एम्बुलेन्स टोलीको अभावमा केही पीडितहरू भग्नावशेषमुनि रहेको उल्लेख गरिएको छ । इजरायलले अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायली सीमानामार्फत हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास बिरुद्ध ठूलो मात्रामा आक्रमण शुरु गरेको छ । जसमा करिव १ हजार २ सय मानिसहरू मारिएका थिए । २ सय भन्दा बढीलाई बन्धक बनाएका थिए ।