images

पासपोर्ट वरियताकाे सबैभन्दा शक्तिशाली मुलुकमा फ्रान्स, नेपाल १०३ औं स्थानमा पुग्यो

काठमाडौं– सन् २०२४ का लागि विश्वभरका मुलुकको पासपोर्ट(राहदानी) को वरीयता सार्वजनिक भएको छ ।

हेनली पासपोर्ट इन्डेक्सले सन् २०२४ का लागि जारी गरेको पासपोर्टको वरीयतामा नेपाल १०३ औँ स्थानमा परेको हो । नेपालका नागरिक विश्वका ४० मुलुक भिसाविनै आवतजावत गर्न पाउने छन् । सन् २०२३ मा पनि नेपालको वरीयता १०३ नै रहेको थियो । नेपालसहित लिबिया र प्यालेस्टाइन पनि १०३ औँ स्थानमा छन् ।

वरीयता अनुसार फ्रान्स सबैभन्दा शक्तिशाली मुलुक बनेको छ । रिपोर्ट अनुसार फ्रान्सको पासपोर्ट विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्ट बनेको छ । जसका नागरिक विश्वका १९४ मुलुक भिसाविना आवतजावत गर्न सक्ने छन् । यस्तै रिपोर्टमा जर्मनी, इटली, जापान, सिङ्गापुर र स्पेन पनि शीर्ष स्थानमा छन् । यी देशका नागरिक पनि विश्वका १९४ मुलुकमा भिसाविनै आवतजावत गर्न पाउने छन् । सबैभन्दा कमजोर मुलुकमा अफगानिस्तान रहेको छ । अफगानिस्तान १०९औँ स्थानमा रहेको छ ।