images

वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

वीरगन्ज- पर्साको वीरगन्जमा महानगरपालिका भित्र आज बेलुका पाँच बजेदेखि अर्को सूचना नआएसम्मका लागि कर्फ्यु लगाइएको छ ।

रौतहटको ईशनाथ नगरपालिकाको मोतिपुरमा दुई पक्ष बीच सरस्वतीको मुर्ति सेलाउने विषयमा झडप भएको विषयलाई लिएर बिरगंजमा आज भएको विरोध जुलुसको क्रममा विवाद र झडपको स्थिति उत्पन्न भई सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भंग हुने स्थिति देखिएकोले वीरगंज महानगरपालिकामा कर्फ्यु लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले दुई पक्षबीच झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको बताए । उनकाअनुसार पूर्वमा नग्वा चौक, पश्चिममा तिलावे पुल , उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुलसम्मको क्षेत्रमा अनिश्चितकालसम्मको लागि कर्फ्यू आदेश जारी गरिएको छ ।
हेर्नुहाेस् जिल्ला प्रशासन कार्यालयकाे सूचना

याे पनि पढ्नुहाेस्

हिन्दुवादीहरुले गराए वीरगन्ज बजार बन्द, ठाउँ ठाउँमा झडप