images

मन्त्री ज्वालाई आजै पद मुक्त गर्ने प्रचण्डको तयारी

काठमाडौं–ललितपुरको बालकुमारी घटना प्रकरणमा छानविन समितिले दोषि देखाएका भौतिक तथा यातायात मन्त्री प्रकाश ज्वालालाई आजै पद मुक्त गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री ज्वालालाई आजै पदमुक्त गर्ने जिकिर गरेका हुन् ।

मंगलबार बालुवाटारमा गोरखा पत्रकार समाज नेपालका नवनिर्वाचित कार्यसमितिसँग कुरा गर्दै प्रचण्डले ज्वालाको विषय अध्ययन भइरहेको बताए । प्रधानमन्त्री प्रचण्डले अध्ययनपछि आजै यो विषयमा के गर्ने भन्नेबारे टुङ्गो लगाइने बताए ।

बालकुमारी घटनाका विषयमा गठित जाँचबुझ आयोगले ज्वालालाई मुख्य जिम्मेवार ठहर गरेपछि प्रतिपक्षी दलले उनलाई बर्खास्त गर्नुपर्ने माग गर्दै आएका छन् ।