images

मन्त्री ज्वालाले भने,दबाब फेस गर्दै छु !

काठमाडौं–बालकुमारी घटना प्रकरणमा छानविन आयोगले दोषि करार गरेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आफू राजीनामा नदिने अडान राखेका छन् । प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रीपदबाट बर्खास्त गर्ने उद्घोष गरेसँगै उनले राजीनामा नदिने अडान कायम राखेका हुन् ।

स्पेस समाचारसँग संक्षिप्त गर्दै मन्त्री ज्वालाले भने,’दबाब फेस गर्दैछु ।’ बालकुमारी घटनाका विषयमा गठित जाँचबुझ आयोगले ज्वालालाई मुख्य जिम्मेवार ठहर गरेपछि प्रतिपक्षी दलले उनलाई बर्खास्त गर्नुपर्ने माग गर्दै आएका छन् । प्रमुख प्रतिपक्ष दलको दबाबपछि प्रधानमन्त्री प्रचण्डले मन्त्री ज्वालालाई छानविन प्रतिवेदन अध्ययन गरेर कार्बाही गर्ने विश्वास व्यक्त गरेका थिए ।

मंगलबार बालुवाटारमा गोरखा पत्रकार समाज नेपालका नवनिर्वाचित कार्यसमितिसँग कुरा गर्दै प्रचण्डले ज्वालाको विषय अध्ययन भइरहेको बताए । प्रधानमन्त्री प्रचण्डले अध्ययनपछि आजै यो विषयमा के गर्ने भन्नेबारे टुङ्गो लगाइने बताए ।