images

हिन्दु राष्ट्रको अभियानमा शशांक कोइरालाले गरे हस्ताक्षर,समर्थन गर्ने केन्द्रीय नेताको संख्या ३१ पुग्यो

काठमाडौं–नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेका छन् । महासमिति बैठकको दोस्रो दिन पूर्व महामन्त्री समेत रहेका नेता कोइराले हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेका हुन् ।

कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा रहेको सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानले हस्ताक्षर अभियान चलाएको छ । नेता कोइरालासँगै यस अभियानको पक्षमा हस्ताक्षर गर्ने कांग्रेस केन्द्रीय सदस्यको संख्या ३१ पुगेको छ । हालसम्म ४०० बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेको अभियानका अभियान्ताहरुले दाबी गरेका छन् ।