images
images
images

घाँटीमा चक्कु रोपिएको अवस्थामा चितवनमा एक युवक मृत फेला

काठमाडौं–घाँटीमा चक्कु रोपिएको अवस्थामा चितवनको खैरहनी नगरपालिका–२ चैनपुरका एक युवक मृत अवस्थामा फेला परेका छन्।

मंगलबार बिहान करीब ७ बजे निर्माणाधीन हर्बल कम्पनीको पर्खाल नजिक घाँटीमा चक्कु रोपिएको अवस्थामा युवक मृत भेटिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। मृतक २४ वर्षीय कृष्णप्रसाद खनाल रहेको प्रहरीले जानकारी दिएको छ।

घटनास्थल मृतकको घरबाट करीब पाँच सय मिटर पूर्वतर्फ रहेको छ। घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS