images

सरकार प्रति ओलीको टिप्पणीः नैतिकता नभएको मन्त्री, हुतीहारा प्रधानमन्त्रीः ओली

काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारको चर्काे रुपमा आलोचना गरेका छन् । मन्त्री प्रकाश ज्वाला र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई इंगित गर्दै मन्त्री नैतिकता नभएको र प्रधानमन्त्री हुतिहारा भएको बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले राजीनामा नदिएको र प्रधानमन्त्री प्रचण्डले उनलाई बर्खास्त नगरेको भन्दै आक्रोश व्यक्त गरे । उनले भने, “मन्त्रीको गलत क्रियाकलापले मान्छेको ज्यान गएको प्रतिवेदन छ । मन्त्रीमा नैतिकता छैन,” उनले भने, “राजीनामा दिनुपर्दैन ? प्रधानमन्त्रीमा हटाउने हुती छैन ।”

आफूमाथि दोष लाग्दा समेत मन्त्री ज्वाला गाडीमा राष्ट्रिय झन्डा हल्लाउँदै हिँडिरहेको उनले टिप्पणी गरे । “त्यो मन्त्री बसिरहन मिल्छ रु लोकलाज पनि छैन । नैतिकता नभएको मन्त्री, हुतीहारा प्रधानमन्त्री,” ओलीले भने, “आफूमाथि दोष लाग्दा पनि झन्डा हल्लाउँदै हिँडेका छन् ।”