images

वीरगन्जकाे विवाद समाधान गर्न सर्वदलीय बैठकले गर्‍यो पाँच बुँदे समझदारी

काठमाडौं– वीरगन्जमा देखिएको साम्प्रदायिक प्रदर्शनलाई समाधान गर्न पाँच बुँदे समझदारी भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय पर्साको सभाकक्षमा विवाद समाधान गर्न बसेको सर्वदलीय बैठकले पाँचबुँदे समझदारी गरेको हो।

सर्वदलीय बैठकले वीरगन्जमा सदियौँदेखि कायम जातजाति, भाषा, धर्म, समुदायबीचको एकतालाई अझ मजबुत बनाउने समझदारी गरेको हो।

यस्तै, वीरगन्जमा रहेको धार्मिक स्थलहरूमा नाराबाजी, जुलुसलगायतका विरोधका कार्यक्रम नगर्ने–नगराउने र यस्ता किसिमका गतिविधि गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई सहयोग गर्ने सहमति पनि भएको हो ।

वीरगन्जमा दुई फरक धर्म समुदायबीचको द्वन्द्वका कारण सोमबारदेखि उत्पन्न तनावलाई साम्य पार्न मंगलबार बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले नेपाली जनताबीचको सम्बन्ध र एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पार्न सामूहिक प्रयास गर्ने निर्णयसमेत गरेको छ।

त्यसैगरी खुलमखुला डिजे बजाउने र चर्को स्वरमा माइक बजाउने, राँके जुलुस, लाठी, भालासहितको जुलुस निकाल्नेलगायतका क्रियाकलाप गर्नेविरुद्ध कानुनबमोजिम करबाही गर्न प्रशासनसमक्ष अनुरोध गर्ने र यसमा सबै दलले सहयोग गर्ने सहमति भएको छ।

बही गर्ने निर्णय पनि भएको उनले बताए। बैठकमा विभिन्न राजनीतिक दलका जिल्ला अध्यक्ष, जनप्रतिनिधि, महानगर प्रमुख, नागरिक समाज, पत्रकार र धार्मिक गुरुहरू सहभागी थिए।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले सोमबार साँझदेखि वीरगन्जमा जारी कर्फ्युको विषयमा भने जिल्ला सुरक्षा समितिको बैठक बसेर आवश्यक निर्णय लिने बताए।

यस्ता छन् निर्णयहरू