images

काठमाडौंको सितापाइलामा एकै परिवारका तीन जना मृत फेला

काठमाडौं–काठमाडौंको सितापाइलामा एकै परिवारका ३ जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा एकजना महिला र दुईजना बच्चा छन् ।

प्रारम्भिक अनुन्धानमा हत्या भएको ‘आशंका’ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । अहिले घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली पुगेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।