images

ट्याक्सी व्यवसायीहरुद्वारा सरकारविरुद्ध प्रदर्शन

काठमाडौं–ट्याक्सी व्यवसायीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । आफूहरुलाई क्षतिपूर्तिको व्यवस्था नगरी विद्युतीय ट्याक्सी भित्र्याउने निर्णय लिएको भन्दै उनीहरुले बुधवार काठमाडौंको तीनकुनेमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रति ट्याक्सी १० लाख क्षतिपूर्ति दिएर मात्रै विद्युतीय टयाक्सी खरिद गर्ने प्रक्रिया अघि बढाउनुपर्ने उनीहरुको माग गरेका छन् । भारतीय कम्पनीको सेटिङमा सरकारले विद्युतीय टयाक्सी खरिद गर्ने निर्णय गरेर आफूहरुको बिचल्ली बनाएको  ट्याक्सी व्यवसायी स्वरोजगार मजदुर संघर्ष समितिका संयोजक राम थापाले जानकारी दिए ।

टयाक्सी व्यवसायीहरुले स्वस्थ प्रतिष्पर्धाको आधारमा टयाक्सी खरिद गर्न पाउनुपर्ने माग पनि राखेका छन् ।