images

भारतबाट सिरहा ल्याउँदै गरेको लाखौं मूल्यबराबरको अबैध कुखुराको चल्ला बरामद गरि नष्ट

सिरहा- सशस्त्र प्रहरी बल सिरहाले भारतबाट अवैध रुपमा सिरहा तर्फ ल्याउँदै गरको लाखौं मूल्य बराबरको कुखुराको चल्ला नियन्त्रणमा लिएको छ ।

भारतबाट केही तस्करहरुले अवैध रुपमा ल्याउँदै गरेको कुखुरा बरामद गरेको थियो । सशस्त्र प्रहरी बल सिरहा ७ न. गण बाट खटिएको टोलिले बिहिवार बिहान करिब ०५स्३० बजेको भारतबाट अवैध रुपमा म-प्र-०१-००१ज ००३५ नम्वर गाडी सहित चल्ला नियन्त्रण लिएको हो ।

करिब चार लाख २१ हजार बराबरको ७८ कार्टुन कुखुराको चल्ला बरामद गरि नष्ट गरिएको हो । त्यसैगरी दश लाख बराबरको सवारी साधन समेत प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल माडरका डिएसपी राजु दहालले जानकारी दिए ।

बरामद गरिएको कुखुराको चल्लालाई सिरहा भन्सार कार्यालयका प्रतिनिधि , पशु क्वारेन्टाइन कार्यालयका प्रतिनिधि ,स्थानीय ,नेपाल प्रहरीका प्रतिनिधि लगायत सशस्त्र प्रहरी बल र पत्रकारको रोहवरमा पटेर्वाको कमला नदीमा खाल्डो खनेर पुरिएको सिरहाका गणपति शिव गैरेले बताएका छन भने गाडीलाई भन्सार कार्यालय माडरमा बुझाईएको छ ।